८. पहुँच सुनिश्चित गर्न र गुणस्तर तथा सहअस्तित्व कायम गर्न समावेशी शैक्षिक नीतिहरू अपनाइनेछ ।
यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः
♦ जातीय, जात विशेष, लैंगिक, भाषिक र अपाङ्गता विभेद अन्त गर्नका लागि विशेष शैक्षिक वातावरण तयार गरिनेछ ।
♦ विविध खाले अपाङ्गहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ सशस्त्र द्वन्द्वबाट पीडित बालबालिका तथा प्रौढलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ बालश्रमिकहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ तोकिएको न्युनतम योग्यता भएका पिछडिएका समुदाय, महिला र स्थानीय भाषा बोल्नसक्ने व्यक्तिलाई अनौपचारिक शिक्षा कार्यक्रमका सहयोगीकार्यकर्ता, सुपरिवेक्षक र स्रोतव्यक्ति बनाइनेछ ।
♦ कुन भाषामा पढ्ने पढाउने भनी छान्ने अधिकार समुदाय÷समूहलाई दिइनेछ र आवश्यकता अनुसार स्थानान्तरणको प्रक्रिया अपनाइनेछ ।
♦ भाषिक सहअस्तित्वको सिद्धान्तअनुसार बहुसांस्कृतिक सिकाइ गरिनेछ ।
♦ मातृभाषामा साक्षरता सामग्रीहरूको निर्माण गरिनेछ ।
♦ सूचना प्रविधि ९क्ष्ऋत्० को माध्यमबाट अनौपचारिक शिक्षाको पहुँच व्यापक बनाइनेछ ।
♦ पिछडिएका समुदायका संस्थाहरूलाई अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ प्रशिक्षक÷सहयागीकार्यकर्ता÷शिक्षक÷सुपरिवेक्षक र परिचालकहरूलाई समाहित शिक्षण विधिबारे तालीम दिने ।
♦ जातीय र जात विशेष (दलित, जनजाति, लोपन्मुखजाति) लैङ्गिक, भाषिक, अपाङ्ग, बालश्रमिक र सशस्त्र द्वन्द्वबाट पीडितहरूको साझा तथा विशेष समस्याबारे छलफल गरी प्रशिक्षक÷सहयोगीकार्यकर्ता÷ शिक्षक÷सुपरिवेक्षक र परिचालकहरू तयार पार्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले प्रशिक्षक, सहयोगीकार्यकर्ता, शिक्षक, सुपरिवेक्षक र परिचालकहरूलाई समूह विशेषको स्थानीय भाषा र साझा मुद्दा एवम् समसयाबारे प्रबोधीकरण गर्ने ।
♦ स.का.÷शिक्षकहरूलाई स्थानीय भाषामा प्रकाशित सामग्रीहरू उपलब्ध गराउने ।
♦ मूल र सहायक पाठ्यसामग्रीका अन्त्यमा त्यहाँ प्रयोग भएका शब्दावलीलाई विभिन्न भाषामा अर्थिनेगरी शब्दको अर्थ दिने ।